नेपालमै पहिलोपटक उपप्रधानमन्त्रीले गरे आईपीओ बाँडफाँड , साढे ३ लाख बढीले पाए शेयर

११ असार २०८०, सोमबार ११:०९

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज ठमेलस्थित होटेल अलोफ्टमा आईपीओ बाँडफाँड गरेको हो ।

उक्त आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ सहभागी भएका छन । उनी प्रमुख अतिथिको रुपमा आईपिओ बाँडफाँडमा सहभागी भएका हुन् । उनले नै गोलाप्रथा गर्ने बल तानेको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकका अनुसार आईपिओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर र बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता शेयर पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*