एनआईसी एशिया बैंकले धितोमा रहेको यी ठाँउको जग्गा बिक्रि गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले तपशिलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्रि गर्न बोलपत्र आव्हान गरेको छ ।
बैंकले धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्री बोलपत्र आव्हान सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि ऋणीले ऋणकर्जा भुक्तानीमा ध्यान नदिएको र बैंकसँग गरेको ऋणकर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लघंन गरेको भन्दै ऋणकर्जाको सुरक्षण बापत ऋणीले धितो लेखिदिएको तपसिलमा उल्लेखित सम्पत्ति लिलाम मार्फत बिक्री गर्न सात दिने सूचना प्रकाशित गरेको हो ।
धितोमा रहेको उक्त सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले सूचना प्रकाशनको मितिले सात दिनभित्र कार्यालय समयमा उल्लेखित शर्तहरुको अधिनमा रही बोलपत्र फाराम भर्न आग्रह समेत गरेको छ ।
बोलपत्र फाराम उक्त बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।












