नेप्सेमा ‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु सूचीकृत

११ असार २०८०, सोमबार १३:०६

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ‘आरबीबी म्युचुअल फन्ड–२’ का इकाइहरु सूचीकृत गरेको छ । सोमबार नेप्सेले आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने सो फण्डलाई सूचीकृत गरेको हो ।

नेप्सेले आज सो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत गरेको हो । यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त योजनाका इकाइहरु भोलि मंगलबारबाट कारोबारमा आउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*