तीन बर्षदेखि रोक्का भएको समाज लघुवित्तको शेयर कारोबार कहिलेदेखि खुल्ला ?

११ असार २०८०, सोमबार १७:१२

काठमाडौं। समाज लघुवित्तले लामो समयदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा गर्ने तयारी गरेको छ ।
शेयर कारोबार फुकुवाका लागि पत्र पठाइसकेकाले असारभित्रै कारोबार शुरु हुन सक्ने कम्पनीको अनुमान छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर भाँडिएपछि २०७७ असोज ८ गतेयता कम्पनीको शेयर कारोबार रोक्का छ । त्यही दिन कम्पनीको आईपीओ सूचीकृत भएको थियो ।

कम्पनीले २०७७ भदौ ४ देखि ८ गतेसम्म ८० हजार ७ सय कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको शेयर ८ हजार ७० जना सर्वसाधारण शेयरधनीले १० कित्ताको दरले शेयर पाएका थिए ।
तर, त्यसको तीन वर्ष पुग्न लाग्दा पनि शेयर कारोबार सुचारु नभएपछि शेयरधनीले आफ्नो शेयर कहाँ छ भनी प्रश्न गर्न थालेका छन् ।

One thought on “तीन बर्षदेखि रोक्का भएको समाज लघुवित्तको शेयर कारोबार कहिलेदेखि खुल्ला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*