नेपाल बैंकद्धारा ऋणीलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह

१२ असार २०८०, मंगलवार ११:२५

काठमाडों। नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो।

यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*