नेप्से हार्फ सेन्चुरी कट्यो, लघुवित्त र फाइनान्समा लगानीकर्ताको आकर्षण

१२ असार २०८०, मंगलवार १५:१८

काठमाडौं । आईतबार हार्फ सेन्चुरीमा गएको शेयर बजार आज पुन ५० अंकमाथि पुगेको छ। आज नेप्से ५५।६९ अंकले बढेर २१८५।११ को विन्दुमा कायम भएको छ।

आज २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज तीन उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ।

आज लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८।९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ।

त्यस्तै, आज स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फस्र्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

आज ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो बर्षको सबैभन्दा धेरै सर्किट लागेको आज नै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*