सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ असार २०८०, बुधबार ०९:४४

काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (असार १४) गते) बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले असार २२ गते धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा सभा बोलाएको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले  प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८ र७९ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८र७९ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने   छ।

संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मिति २०७९ आषाढ मसान्तको कुल चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुने रकम रु ६६,००,०००र– ९अक्षरेपि छैसठ्ठी लाख मात्र नगद लाभांश (कर प्रयोजन) समेत वितरण गर्ने भएको छ ।

वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*