समृद्धि फाइनान्सको करिब साढे ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

१३ असार २०८०, बुधबार १२:१०

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । फाइनान्सका अनुसार शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा खरिद आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने फाइनान्सले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*