एनआईसी एशिया लघुवित्तको ऋणी ऋण तिर्न अटेर गर्दै ,सात दिनभित्र कर्जा भुक्तानी नगरे लिलामी हुने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तपशिलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्रि गर्न बोलपत्र आह्वान गरेको छ ।
उक्त संस्थाले ऋणीलाई पटकपटक लिखित तथा मौखिक सूचना दिँदा पनि र राष्ट्रिय दैनिक पत्रिकामा ऋण चुक्ता भुक्तान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि ऋणीले बेवास्ता गरेको र यसका साथै धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री बोलपत्र आह्वान सम्बन्धी १५ दिने सूचना जारी गर्दा समेत ऋणीले ध्यान नदिई ऋण कर्जा सम्बन्धी शर्त बन्देजको उल्लघंन गरेको भन्दै धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न बुधबार अर्थात १३ गते सात दिने सूचना निकालेको हो ।
धितोमा रहेको तपशिलका सम्पत्तिहरु जेजस्तो अवस्थामा छ सोही अवस्थामा गरिद गर्न इच्छुकले गोप्य शिलबन्दी बोलपत्र मार्फत संस्थाको शर्तको अधिनमा रही बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधिनमा रही रितपूर्वक फाराम भरि संस्थाको कर्जा असुली विभाग बनेपामा आईपुग्ने गरी पेश गर्नु पर्नेछ ।












