एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर, कुनको वित्तिय अवस्था कस्तो ?

१३ असार २०८०, बुधबार १९:१२

काठमाडौं । ईक्रा नेपालले एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर गरेको छ । इक्राले चार वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी सात वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो।

जीवन विकास, मनकामना स्मार्ट, खप्तड र उन्नती सहकार्य लघुवित्तको रेटिङलाई डाउनग्रेड गरेको छ। जसअनुसार जीवन विकास लघुवित्तको (इक्राएनपी–आईआर) बीबीबी माइन्सलाई रेटिङ डाउनग्रेड गरेर (इक्राएनपी–आईआर)बीबीप्लस कायम गरिएको छ। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छ।

त्यसैगरी मनकामना स्मार्ट, खप्तड र उन्नति सहकार्यको (इक्राएनपी–आईआर)बीबी माइनसलाई डाउनग्रेड गरेर (इक्राएनपी–आईआर)बी प्लस कायम गरिएको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम मानिन्छन्।

त्यस्तै इक्राले विगतमा प्रदान गरिएको जाल्पा सामुदायिक, समता घरेलु, नयाँ सारथी र उपकार लघुवित्तको (इक्राएनपी–आईआर)बीबी माइनस, अभियान र बिपिडब्लु लुवित्तको (इक्राएनपी–आईआर) बी प्लस र राष्ट्र उत्थानको (इक्राएनपी–आईआर) बीबी रेटिङलाई सूक्ष्म निगरानीमा राखेको छ।

यीमध्ये समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा बीबी माइनस रेटिङ प्राप्त गर्ने निकायहरु मध्यम जोखिम, बी प्लस रेटिङ प्राप्त गर्ने निकायहरु उच्च जोखिम, बीबी रेटिङ प्राप्त गर्ने निकाय मध्यम जोखिम र बीबी मध्यम जोखिम रहेका मानिन्छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*