सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको १९ हजार १९३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा गएर खरिद आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ ।












