कुन कुन बैंकले दिँदैछन् सार्वजनिक बिदामा पनि बैंकिङ सेवा?

१४ असार २०८०, बिहीबार १०:५०

काठमाडौं । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । केही निश्चित बैंक तथा वित्तिय संस्था भने खुल्ला राखेका छन् । आफना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंक तथा वित्तिय संस्थाहरुले निश्चित समयको लागि आज पनि बैंक तथा वित्तिय संस्था सुचारु राखेको हो ।

राष्ट्र बैंकको नियम अनुसार पनि बैंकहरुले खुल्ला राखेको हो । राष्ट्र बैंकले सार्वजनिक बिदाको समयमा अत्यावश्यक सेवा सु्चारु गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ। सो बमोजिम आज सार्वजनिक बिदाको दिनमा पनि केही बैंक तथा वित्तिय संस्थाहरुले सेवा सुचारु गरेका ह्ुन् ।

गृह मन्त्रालयले मंगलबारनै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो । सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएपनि केही निश्चित बैंक तथा वित्तिय संस्थाले आफना सेवा सुचारु राखेका हुन् ।

सानिमा बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्रामिण विकास बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी विकास बैंकका केही शाखाहरु अति आवश्यक कारोबारका लागि विहान १० देखि दिउँसोको साढे १ बजेसम्म खुल्ला रहने भएको छ ।
त्यस्तै आज गरिमा विकास बैंकका भने सम्पूर्ण शाखाहरु नियमित रुपमा खुला रहने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*