यस्तो देखियो बाणिज्य बैंकहरुको अन्तिम शेयर कारोबार मूल्य, एनआईसी एसियाको सबैभन्दा उच्च हुँदा नबिलसहितका बैंकहरुको शेयर मूल्य कति ?

काठमाडौं । असारको दोस्रो साता नेपाली शेयर बजारमा जम्मा चार दिन मात्रै कारोबार भयो । चार दिन मध्ये गत असार १३ गते बुधबारको शेयर कारोबार नै साताको लागि अन्तिम दिन बन्यो ।
अन्तिम दिन क बर्गका बाणिज्य बैंकहरु मध्ये सबैको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ३.३५ प्रतिशतले घटेको छ भने सनराईज बैंकको मात्रै १.४७ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, एसबिआई बैंक,प्रभु बैंक, नपाल बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक कुमारी बैंक, र सिटिजन बैंकको शेयर मूल्य घटेको देखिएको छ ।
सबैभन्दा धेरै अंकले घट्ने बैंकहरुमा एभरेष्ट बैंक १४.१ रुपैयाँ, एनआईसी एसिया बैंकको १४.८० रुपैयाँ र नेपाल एसबिआई बैंकको ११.७ रुपैयाँले घटेको छ भने अन्यको सामान्य अंक रहेका छन् ।

अन्तिम कारोबार मूल्यको आधारमा सबैभन्दा महंगो शेयर एनआईसी एसिाय बैंकको रहेको छ । सो बैंकको शेयर प्रतिकित्ता ७८५.५० रुपैयाँमा अन्तिम् काराबोर भएको छ । त्यस्तै, दोस्रो नबिल बैंंक रहेको छ । सो बैंकको शेयर प्रतिकित्ता ६०६ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा सस्तो शेयर प्रभु बैंकको शेयर रहेको छ । सो बैंकको शेयर १६७ रुपैयाँमै अन्तिम कारोबार भएको छ । त्यस्तै, लक्ष्मी बैंकको १७७ रुपैयाँ, सिटिजन्स बैंकको १७५ रुपैयाँ र कुमारी बैंकको १६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।












