नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
१७ असार २०८०, आईतवार १०:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । शनिबार (असार १५) नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ ।
मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । नयाँ सारथीको केन्द्रिय कार्यालयलाई मुख्य अफिसका रुपमा तोकिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्तापुँजी ६२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।











