प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजिनामा स्वीकृत
१७ असार २०८०, आईतवार १०:३६

काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकका सञ्चालक राईले आफ्नो घरायसी समस्याको कारणले राजिनामा दिएका थिए ।
बैंकको असार १५ गते बसेको संचालक समितिको निर्णयले राईको राजिनामा स्वीकृत गरेको हो ।











