सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

१७ असार २०८०, आईतवार ११:३५

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले एक लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनी रामेश्वरी श्रेष्ठको ८६ हजार कित्ता, देबेन्द्र कुमार श्रेष्ठको २० हजार ९१२ कित्ता, निलम कुमार जिटीको ३ हजार कित्ता, डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता कृष्ण बहादुर बिकेको ८ हजार ५०३ कित्ता शेयर संस्थाले बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न ईच्छुक ब्यक्ती तथा संघ संस्थाहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्साल, काठमाडौं वा सूर्याेदय वोमी लघुवित्त संस्थाको कर्पाेरेट कार्यालय इमाडोल, ललितपुरमा पुग्ने गरी आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

तोकिएको समयमा उक्त शेयर खरिदको लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*