एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, तीनजना सञ्चालक निर्वाचित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे सभा सम्पन्न भएको हो
सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति र मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न वा प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरेको छ ।
सभाले सो आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८।७९ को लागि एफसिए प्रकाश केसीको पार्टनर पिविकेपि एण्ड एशोशियट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको छ ।
सभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई निर्वाचित गरेको छ ।











