बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१७ असार २०८०, आईतवार १५:०५

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज एनसीसी डिभेन्चर, लक्षी इक्युटी फण्ड, लक्ष्मी उन्नती कोष लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*