हिमालयन लाइफमा लगानीकर्ताको आकर्षण कायमै, शिवम र सिटि होटल सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१७ असार २०८०, आईतवार १५:०३

काठमाडौंं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कम्पनीको शेयर मूल्य आज ५४९ रुपैयाँमा बन्द भएको छ । नेप्से आज ओरालो लाग्दा पनि कम्पनीको शेयरमा भने लगानीकर्ताको आकर्षण कायमै छ।

हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको कारण पनि लगानीकर्ताको आँखा यसमा परेको छ ।वित्तिय रुपमा हेर्ने हो भने व्यवसायिक रुप र ग्रोथको रुपमा कम्पनी अग्रस्थानमा नै रहेको छ।साविकको गुराँस लाइफ, प्राइम र गुराँस लाइफ मिलेर बनेको कम्पनी चुक्ता पुँजि जगेडा कोष, बीमा कोष र मुनाफा र व्यवसायमा अग्रस्थानमा रहेको छ।

गत सातादेखि नै शिवम सिमेन्टस् र सोल्टि होटलको शेयरमा पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ। आज पनि कायम भएको छ । सर्वाधिकको लिस्र्टबाट भने यी दुई कम्पनी हटेको छैन।

त्यस्तै, सूर्या ज्योति लाइफ, आईएमई प्रुडेन्सियल इन्स्योरेनस, हिमालयन डिष्टलरी, एशियन लाइफ,नागरिक लगानी कोष, हिमालयन एभरेष्ट इन्स्योरृेन्स र स्भावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*