आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१७ असार २०८०, आईतवार १५:१३

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै सिर्जनशिल लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ९.३२ प्रतिशतले घटेर ११२९ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, माउण्टेन इनर्जि नेपाल, ग्रामिण विकास लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, आशा लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।













