सूर्योदय वोमी लघुवित्तका यी संस्थापक एकैपटक बाहिरिदै, कस्ले कति कित्ता शेयर बेच्दैछ ?
१७ असार २०८०, आईतवार १५:४५

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो ।संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मिना श्रेष्ठको १९ हजार १९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।












