सिवाईसी नेपाल लघुवित्तको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता शेयर सूचीकृत भएको छ ।
दुबै कम्पनीहरुले मर्जर प्रक्रिया पुरा गरी गत फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् । जसअनुसार नेप्सेमा सूचीकृत भएको शेयर भोलिदेखि सिवाईसी नेपाल लघुवित्तको नामबाट कारोबारमा आउने भएको छ ।
मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले सिवाईसी नेपाल लघुवित्तलाई प्रतिकित्ता ११७१.८५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । अब यही मूल्यबाट भोलिदेखि यो लघुवित्तको शेयर कारोबारमा आउने भएको छ ।
cyc












