अरुण काबेलीको शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुक्क्लोज मितिको टुङ्गो गरेको छ ।
कम्पनीको असार १७ (आइतबार) बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार २४ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।












