आजसम्म कायम शेयरधनीले नागरिक लगानी कोषको लाभांश पाउने

१८ असार २०८०, सोमबार ०९:५०

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार १९ गते बुकक्लोज गर्दैछ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले असार ३१ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा अपरान्ह ३ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

असार १७ गते, आइतबार, कम्पनीको शेयर दोस्रो बजारमा २ हजार ६१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*