साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर १५ दिन रोक्का रहने

१८ असार २०८०, सोमबार १०:४९

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबारको गर्ने भएकोले एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने भएको छ ।

कम्पनीहरुले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने संस्थाले जनाएको छ । कम्पनीको यही असार १७ गते साझ बसेको संयुक्त मर्जर समितिको निर्णयले शेयर कारोबार रोक्का हुने भएको हो ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जरपश्चात कम्पनीले साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने भएको छ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

 

rmdc+sana kishan

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*