एनएमबि बैंकद्वारा निशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र निशुल्क डेबिट कार्ड जारी

१८ असार २०८०, सोमबार ११:५०

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरुले बैंकिङ्ग एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँने बैंकले विश्वास लिएको छ । सो अफर श्रावण मसान्त सम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*