एनआईबिएल एस र मेगा क्यापिटलको आजदेखि एकीकृत कारोबार सुरु

१८ असार २०८०, सोमबार १२:४०

काठमाडौं । मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेर एनआईबिएल एस क्यापिटलले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

प्राप्ति प्रक्रिया पूरा गरी एनआईएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्राप्तिपश्चात साबिकको एनआईबिएल एस क्यापिटलको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार ११ गते स्वीकृति प्राप्त भइसकेकोे थियो ।

दुवै संस्थाको गत जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्ने पारित प्रस्ताव पारित गरेको थियो । गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आपूले सकार्ने निर्णयसमेत सभाले गरेको थियो ।

प्राप्तिपश्चात कम्पनीको चुक्तापुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ।

प्राप्तिपश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भइरहेका सेवाहरु अझ सुदृढ र सशक्त रुपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वाससमेत क्यापिटलले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*