गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एपीजीको बैठकमा भाग लिन क्यानडा जादै, कुन- कुन बिषयमा होला छलफल ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एसिया प्रशान्त समूह (एपीजी)को बैठकमा भाग लिन क्यानडा जाने भएको छ ।मन्त्रिपरिषद् बैठकले एपीजीको मनि लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)सम्बन्धी कार्यक्रममा भाग लिन जान गभर्नर अधिकारी सहितको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।
क्यानडामा बस्ने एपीजीको बार्षिक बैठकमा गभर्नर अधिकारीसहित महालेखा नियन्त्रण कार्यालयका प्रतिनिधि , सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक, वित्तीय जानकारी इकाइ प्रमुख, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि लगायतका पदाधिकारी सहभागी हुने छन् ।
कार्यक्रम आगामी जुलाईको ९ देखि १३ सम्म क्यानडाको भ्याङक्युवामा हुनेछ ।वित्तीय कारबाही कार्यदल ९एफएटीएफ०अन्तर्गतको एशिया प्रशान्त क्षेत्र समूह (एपीजी) को प्रतिनिधि मण्डलले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन नेपालले गरेका काम कारबाहीको विषयमा यो वर्ष स्थलगत अनुगमन गरेको थियो ।
संसारभर सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले स्थापना भएको एफएटीएफ अन्तर्गतको एपीजीको प्रतिनिधि मण्डलले एक वर्षको अवधिमा तेस्रो पटक नेपालको अनुगमन गरेको थियो ।
एपीजीको प्रतिनिधि मण्डलले नेपाल सरकारले सम्पत्ति शुद्धीकरण हुन नदिन गरेका काम कारबाहीको विषयमा अध्ययन गरेको थियो ।
एपीजीले गत असार २१ गतेदेखि नेपाल सरकारले सम्पत्ति शुद्धीकरण हुन नदिने गरी गरेका काम कारबाहीका विषयमा पारस्परिक मूल्यांकन गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानुनी व्यवस्थाले नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटीएफ० को खैरो सूचीमा पर्ने जोखिम रहेको छ ।











