नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
१८ असार २०८०, सोमबार १७:४२

काठमाडौं । नेप्सेमा नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य २६ सय १३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य २ हजार ९० रुपैयाँ ४० पैसा कायम भएको छ । यसै मूल्यलाई आधार मानेर मंगलबार सेयर कारोबार खुला हुनेछ ।
यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार (असार १९ गते)बुक क्लोज गर्दैछ । यसर्थ, आज असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभामा सीआइटीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।












