सिद्धार्थ बैंकको डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने

१८ असार २०८०, सोमबार १७:५०

काठमाडौं । सिद्धार्थ बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय शुल्क तिर्नु पर्ने व्यवस्था छ । सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई आ.व ०७९।०८० सम्मको डिम्याट खाता सञ्चालन गरेबापत असार मसान्तभित्र खाता नवीकरण गर्न आग्रह गरेको छ ।
समयभित्रमा खाता नवीकरण नगरे डिम्याट खाता फ्रिज गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*