हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाइन्छ छुट ? 

१९ असार २०८०, मंगलवार १०:५०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज (असार १९) गतेदेखि २७ गतेसम्म व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले ५ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत र ५ वर्षभन्दा माथि जतिसुकै अवधिका बीमालेख भएपनि ४० प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस्ता प्रकारका छुट सुविधा व्यतित बीमालेख पूनर्जागरण गर्दा एक पटक मात्र प्रदान गरिने कम्पनीले प्रकाशित गरिएको सूचनामा उल्लेखित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*