लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो छुट्टै डेस्क, गर्ने हैन त गुनासो

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको गुनासो सुन्नका लागि लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको राष्ट्र बैंकले सदस्यहरुको गुनासो सुन्नका लागि छुट््टै डेस्क स्थापना गरेको हो ।
लघुवित्तहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेको सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सकिनेछ । यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । साथै राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने पनि सूचनामा उल्लेख छ ।











