सिटी होटलको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ असार २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ ।
मंलगबार शेयर बजार बढेसँगै आजपनि सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य आज ५५९ रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, आज मानुषि लघुवित्त, सिगँटी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।













