नेप्से सुधारको बाटोतर्फ, कारोबार रकम दुई अर्बमा सिमित

१९ असार २०८०, मंगलवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो र दोस्रो दिन घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार आएको देखिएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम भने दुई अर्बमै सिमित भएको छ ।मंगलबार नेप्से १०.४० अंकले बढेर दुई हजार ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको ६४ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छनेप्सेमा सुधार देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ । मंगलबार सर्वाधिक होटल र पर्यटन उपसूचक २.३६ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १.९२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*