जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा पठाएको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत सम्बन्धित शेयरधनिको खातामा पठाएको हो।
लघुवित्तद्धारा जारी सूचनामा लेखिएको छ, ‘बोनस दिने प्रस्ताव पारित भए बमोजिम शेयरधनीहरुलाई वितरण –प्रदान गर्ने सन्दर्भमा उक्त बाह्रौं वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गर्नुभएका शेयरधनीहरुको बोनस शेयर मिति २०८०–०३–१७ गते देखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरि सकिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।
साथै भौतिक रुपमा शेयर धारण गर्नुभएका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने व्यहोरा जानकारी गराउँदै भौतिक रुपमा शेयर धारण गर्नुभएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउनुहुन समेत यसै सूचना माफर्त अनुरोध गर्दछौं ।’












