नेप्सेको बैठकले आज सात ब्रोकर कम्पनीलाई कारोबारको अनुमति देला त ?
२० असार २०८०, बुधबार ११:१०

काठमाडौं । नेप्सेले आज सात ब्रोकर कम्पनीलाई कारोबार अनुमति दिने तयारी गरेको थियो । आज बोर्डको बैठकले नेप्से ३० र सात ब्रोकर कमपनीलाई लाईसेन्स दिने प्रस्ताव अघि बढाएको थियो । उक्त प्रस्तावमा तत्काल आज नै ब्रोकर कम्पनीलाई लाईसेन्स दिने बिषयमा बोर्डले अन्तिम निर्णय भने नगरेको जानकारी प्राप्त भएको छ।
नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको थियो। तर आजको बैठकले उक्त प्रस्ताव भने पारित नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।












