राष्ट्र बैंकले तोक्यो लघुवित्तले लिने सेवा शुल्कमा सीमा, कति छ निर्धारण गरेको सेवा शुल्क ?

२० असार २०८०, बुधबार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ। राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ।

यसैगरी कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

लघुवित्त संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*