सांग्रिला बैंकको संस्थापक शेयर बिक्रीमा
२० असार २०८०, बुधबार ११:३०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार दुई सय संस्थापक शेयर बिक्रीमा राखेको छ ।
उक्त बैंकका दुुई संस्थापक शेयरधनी शिव लाल भण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये १२ हजार दुर्इृ सय र अर्का शेयरधनी गोबर्धन ढकालले २८ हजार कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।
उक्त संस्थापक शेयर खरिद गर्न सोही बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिईएको बैंकले जनाएको छ ।
सो शेयर खरिद गर्न ईच्छुक शेयरधनीले ३५ दिनभित्र के कति कित्ता शेयर खरिद गर्ने हो सोको विवरण सहित आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन गर्न बैंकले सूचित गरेको छ ।











