सिटी होटलसहित तीन हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । नेप्सेमा आज अन्तिम समयमा आएको उच्च करेक्सनसँगै झिनो अंकले मूल्य परिसूचक घटेको अवस्थामा कारोबार रोकिएको छ । साताको अन्तिम दिन बिहिवार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
बिहिवार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा सिटी होटल, रावा इनर्जी डेभलपमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र जोशी हाईड्रोपावर कम्पनीहरु रहेका छन् । उल्लेखित चार वटा कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशत बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, अन्य सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा पिपुल्स पावर, साम्लिङ पावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु रहेका छन् ।
त्यस्तै बिहिवार सर्वाधिक गुमाउने कम्पनीहरुमा मोदी इनर्जीको शेय मूल्यमा नकारात्मक सर्किट नै लागेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर लागयतका कम्पनीहरुको शेयर मूल्य उच्च अंकले घटेको छ ।
बिहिवार १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।












