राष्ट्रिय वाणिज्य बैंकको ६५ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

२१ असार २०८०, बिहीबार १५:३५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६५ औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक समारोहका बीच सो काउन्टरको शुभारम्भ गरेको हो ।

एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । शाखा कार्यालय तौलिहवामार्फत रहने यो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुरलगायत अन्य ग्राहकले समेत बैंकिङ सेवा लिन सकिने भएको छ ।

उद्घाटन कार्यक्रममा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्लेलगायत कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकको हाल ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर ९बिना चेक रकम झिक्न सकिने०, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*