नेप्सेमा अपि पावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर समायोजन भएको छ । नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गर्दै प्रपिकित्ता १९२.१४ रुपैयाँ कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्यअनुसार प्रतिकित्ता २२९ रुपैयाँ कायम भएको थियो ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्तापुँजीको १ः०।४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।












