आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
२४ असार २०८०, आईतवार १०:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । केन्द्रिय बैंकले दुबै संस्थालाई असार २२ गतेको पत्रबाट अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुबै संस्थाले आ–आफ्नो साधारणसभाबाट निर्णय गरे बमोजिम आशा र राष्ट्र उत्थान लघुवित्तबीचको शेयर स्वाप अनुपात १ः१ कायम रहने मर्जरलाई बैंकले स्वीकृति प्रदान गरेको हो । मर्जर सम्पन्न भएपश्चात दुबै संस्थाले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।
asaha lkaghubitta










