सिभिल लघुवित्तको नाम परिवर्तन, यस्तो छ नयाँ नाम

२४ असार २०८०, आईतवार १२:०६

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तित भई हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ ।

सिभिल लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त र हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो । सोही सिभिल लघुवित्तको गत फागुन २९ गते बसेको साधारण सभाबाट निर्णय भई असार २१ गते रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि नाम परिवर्तन गरिएको संस्थाले जनाएको छ ।
साथै संस्थाको सम्पूर्ण काम तथा दायित्व आदि परिवर्तित नामबाटै हुने समेत संस्थाले जनाएकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*