साना किसान र आरएमडीसीको एकीकृत कारोबार शुभारम्भ, मर्जपछि लघुवित्तको क्षमता र सेवा अझ फराकिलो हुने अर्थमन्त्रीको विश्वास

काठमाडौं । साना किसान र आरएमडीसीको एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ। यी दुई लघुवित्त १००ः८७ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।
एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मर्जपछि लघुवित्तको क्षमता र सेवा अझ फराकिलो हुने विश्वास व्यक्त गरे ।वाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ, एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने मलाई विश्वास छ’ महतले भने । यो लघुवित्त वित्तीय संस्थाले साना किसानलाई पनि स्तरीय सेवा दिनुपर्ने उनले बताए ।
गरिबी हटाउने सरकारको महत्त्वपूर्ण लक्ष्यलाई यो साना किसान लघुवित्त संस्थाले ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास छ’ महतले भने । साना किसानको जीवनस्तर उठाउने लघुवित्त संस्थाहरुको लक्ष्य हुनुपर्ने बताउँदै महतले थोरै ब्याजमा पुँजी प्रवाह गर्नु नै अहिलेका लागि चुनौतीको विषय रहेको उल्लेख गरे ।
मर्जरपश्चात् लघुवित्तको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० डा। शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् ।
दुई संस्था मर्ज भएसँगै साना किसानकै सीईओ डा। शिवरामप्रसाद कोइराला सीईओ कायम भएका छन् । त्यसैगरी सञ्चालक समितिको अध्यक्षमा खेमबहादुर पाठक र सदस्यहरुमा डा। बाबुकाजी थापा, जयेन्द्रविक्रम शाह, समता पन्त (भट्ट), उमेश लम्साल र भीमप्रसाद तिमलसिना चयन भएका छन् ।











