एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२५ असार २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले घटेतापनि रावा इनर्जी डेभलपमेन्ट पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको शेयरमा सर्किट लागेसँगै ३३ रुपैयाँले शेयरभाउँ बृद्धि भएर ३६४ रुपैयाँमा कारोबार भएको छ ।
आज त्यस्तै, गुह्रश्वरी मर्चेन्ट बैंक, नेपाल फाइनान्स, अरुण काबेली पावर, अग्रिकल्चर डिभेन्चर २०८३ लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।













