११ महिनामा तरलता ब्यबस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा पठायो साढे ५२ खर्ब रुपैयाँ

२६ असार २०८०, मंगलवार ०७:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार तरलता व्यवस्थापन समीक्षा अवधिमा राष्ट्र बैंकबाट रिपोमार्फत ४१४ अर्ब ४७ करोड रुपैयाँ सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७२७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधा २०२१ अर्ब ८७ करोड रुपैयाँ गरी कुल ५२५३ अर्ब १६ करोड रुपैयाँ ( कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ ।

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ८५२२ अर्ब १० करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी ६८७ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४७ करोड खुद खरिद गरी २९९ अर्ब ६२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ४० करोड बिक्री गरी ५२९ अर्ब ७४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको प्रकाशित विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*