आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२६ असार २०८०, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आउँदा लगानीकर्तामा थप निराशा छाएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ ।
मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सिंंगटी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९६ प्रतिशतले घटेको छ ।

श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य आज ५.६९ प्रतिशतले घटेको छ । त्यस्तै आज मन्दाकिनी हाइड्रोपावर, इस्ट्रन हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर आदिको शेयरमूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*