आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२७ असार २०८०, बुधबार १०:५७

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले सो संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सोही संस्थामा कायम संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (असार २७) ले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*