नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का रहने
२७ असार २०८०, बुधबार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको शेयर कारोबार रोक्का हुने भएको हो ।
संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबार पश्चात लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।












