नेपाल बैंकर्स संघको बैठक भोलि बस्दै, के होला ब्याजदरको बिषय ?

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले भोलि ब्याजदरको बिषयलाई छलफल गर्ने भएको छ।साउनमा ब्याजदर के गर्ने भन्ने बिषयमा आधिकारीक छलफल नभएको कारण भोलिको बैठकले ब्याजदरबारे ठोस निर्णय गर्ने बताएको छ ।
अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण गर्नेभन्दा पनि आआफ्नो हिसाबले ब्याजदर तोक्ने विषयमा बढी जोड दिइरहेको स्रोत बताउँछ। ‘अर्थमन्त्री पनि बैंक ब्याजदर घटाउनुपर्छ भन्ने पक्षमा रहेका छन्, यो हिसाबले ब्याजदर घट्ने सम्भावना छ’, स्रोतले भन्यो। साउनमा ब्याजदर घटाउने पक्षमा धेरैजसो बैंकहरु देखिएका छन्।’
पछिल्लोपटक बैंकहरुले वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।
सोही ब्याजददरलाई वाणिज्य बैंकहरुले जेठमा पनि कायमै राखेका थिए भने असारमा पनि त्यसैलाई निरन्तरता दिएका छन्। कर्जाको ब्याजदर भने घट्ने भएको छ।











